NDIF-raht-1-2021-06-07-07-41-56

धनगढी,२४ जेठ ।   नेपाल भारत वल्र्ड डेभलपमेन्ट फोरम नेपालले निषेधाज्ञाका कारण अप्ठेरोमा परेका धनगढी उपमहानगरपालिका १ शय ८० परिवारलाई राहत बितरण गरेको छ ।लामो समयदेखि निषेधाज्ञा भैरहेका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई ठुलो समस्या परेकोले राहत बितरण गरिएको फोरमकी केन्द्रिय सदस्य एवम कैलाली जिल्ला अध्यक्ष निर्मला रिजालले बताइन् ।

केन्द्रिय सदस्य रिजालका अनुसार प्रति परिवारलाई ५ किलो चामल, ३ किलो पिठो, आधा किलो दाल, १ पोका नुन, १ पोका तेल र मसाला प्रदान गरिएको हो । फोरमले केही दिन अघि प्रहरीलाई मास्क र सेनिटाइजर पनि प्रदान गरेको थियो । धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह, जिल्ला खेलकुद बिकास समिति कैलालीका पुर्व अध्यक्ष राजीव गुप्ता,  फोरमकी कैलाली जिल्ला कोषाध्यक्ष शान्ति सिंहले राहत बितरण गरेका हुन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ