sudur pachhima pradesh.JPG
Advertisements

धनगढी,२६ जेठ ।  सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७५ जनाले कोरोना जितेका छन ।

बुधबार २ सय ५३ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा १ सय ५५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८ जना गरी २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार पिसिआर बिधिबाट ४ सय २४ र एन्टिजेन विधिबाट १ हजा १ सय ५ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार १ सय २२ पुगेको छ । जसमध्ये ३२ हजार १ सय ९८ जनाले कोरोना जितेका छन ।

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण बुधबार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कैलालीका रहेका छन । यो संगै कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ४५ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ