हसुलिया। कैलालीको कैलारी गाउँपालिकाका वार्ड न. ४ मा “दयाका हातहरु” नामक अभियानले मास्क, सेनिटाइजर र राहत वितरण गरेको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुरम चौधरी लगायत र वडा नं ४ का बुद्धिजीवी, समाजसेवी र सरोकारवाला उपस्थितिमा राहत वितरण गरिएको हो ।
अहिलेको समयमा कोविद-१९ का कारण धेरै देशहरुमा विभिन्न किसिमका समस्याहरु परेका छन् । जसमध्ये नेपाल पनि एउटा कोविद-१९ बाट पीडित देश हो । यहाँ कोविद-१९ र लकडाउनका कारण शारीरिक, मानसिक, समाजिक, आर्थिक ,लगायत थुप्रै क्षेत्रहरुमा समस्याहरु देखा परेका छन् ।
यी समस्याहरु लाई समाधान गर्नमा सहायता दिनका निम्ति कैलारी गाउँपालिका वडा नं ४ कैलालीमा “दयाका हातहरु “नामक अभियान सुरु गरिएको छ । यस अभियानद्वारा समस्यामा परेकाहरुलाई सहायता गर्ने योजना गरिएको छ ।
अभियानमा रहेका सदस्यहरुको स्वयंले आर्थिक संकलन गरी यसै महिनाभित्र दुखी ,गरिबहरु लाई राहात वितरण गर्ने योजना गरेको कुरा रविन्द्र गौतमले जानकारी गराउनु भयो।