दाङ: लागुऔषधको कारोबार गर्ने ५ जना पक्राउ परेका छन्। छुट्टाछुट्टै ३ स्थानबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ।
लागुऔषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालीकाको जसपुरका अर्जुन केसीलाई शान्तिनगरको रगैचाबाट र रोल्पा त्रिवेणी गाउँपालीका–३ घर भइ दाङ तुल्सीपुर उपमहानगरपालीकाको बेलुवा बस्ने झक्कु प्रसाद बस्नेतलाई तुल्सीपुरको दमारगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बस्नेतको साथबाट प्रहरीले ३ ग्राम ७९ मिलिग्राम र केसीको साथबाट २३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यस्तै लागुऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित निट्राजेपाम ट्याब्लेट २० पत्ता, ट्रमाडोल १४८ पत्तासहित बबई गाउँपालिका – ४ हसनापुरका १७ वर्षीय कमल वली, २० वर्षीय चन्द्र बि.क.र राजन भुषाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।