Advertisements
धनगढी, २० सावन । बैतडीको मेलौली नगरपालिकाले कक्षामा विद्यार्थी राखेर पठनपाठन सुचारु गरेको छ । पछिल्लो १ महिना देखी कुनैपनि नागरिकमा कोरोना संक्रमण नदेखिएपछि साउन १५ गते देखीनै मेलौली नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम केही घटेकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए ।
४६ ओटा सामुदायिक विद्यालय रहेको उक्त नगरपालिकामा स्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्न लागिएको बताइएको छ ।
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य रहेकोले साउन १० गते विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको बताइएको छ ।