जोटपुर]

जोतपुर, २० सावन । विद्युतका कारण सिर्जित क्षतिको जोतपुर सम्बद्ध बिभिन्न संघसंस्थाले क्षतिपूर्ति माग गरेका छन् ।गत असार ३० गते राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा आज दिउँसो दिउँसो १ बजे जोतपुर बरघरको नेतृत्वमा ३ लाख ४० हजार ६ सय १५ रुपैया बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

क्षतिपूर्ति ज्ञापन पत्रमा जोतपुर गाउँको ११७ घरमा क्षतिपूर्ति पुर्याएको तथ्याङ्कमा उल्लेख छ । सो ज्ञापन पत्र जंग्रार साहित्यिक बखेरीका अध्यक्ष एवं युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले पढेर सुनाउनु भएको हो भने ज्ञापन पत्र जोतपुरका बरघर बीरेन्द्र दहितले विद्युत प्राधिकरण वितरण शाखा राजापुरका कार्यालय प्रमुख शशिकान्त अधिकारीलाई बुझएका थिए ।

ज्ञापन पत्रका लेखिएको छ,

१. जोतपुर बरघर समितिले क्षतिको अवस्थाका बारेमा लिएको तथ्याङ्कको आधारमा क्षतिपूर्ति सम्बोधन गरियोस् । (क्षतिको तथ्याङ्क अनुसूची १ मा उल्लेख गरिएको छ ।)

२. समय समयमा विद्युतका कारण हुने क्षति रोक्न विद्युतीय व्यवस्थापन तत्काल गरियोस् ।

३. विद्युतीय प्रवाह तथा विद्युतीको ट्रान्सफार्म समय समयमा अनुगमन तथा मर्मत गरियोस् ।

४. बिजुलीको मुख्यतारको लाइन चुडिएको बेला जोड्ने बेला विद्युतका कर्मचारीले हरेक घरधुरीबाट रु. ५० का दरले उठाएकोले सो व्यथिति रोकियोस् । विद्युत कार्यालयले कर्मचारीहरुको गतिविधिको अनुगमन गर्नुका साथै हरेक गाउँमा या कार्यालयमा गुनासो संयन्त्रको व्यवस्था गरियोस् ।

५. पोलबाट घरमा मिटर जडान गर्दा या तार चुडिएको अवस्थामा विद्युत प्राधिकरणका कर्मचारीले लिने गरेको रु. ५०० बारे विद्युतले बिल भपाई देओस् या लिन बन्द गरियोस् ।

ज्ञापन पत्र हस्तान्तरण पश्चात विद्युत प्राधिकरण वितरण केन्द्र, राजापुरका कार्यालय प्रमुख तिवारीले प्राविधिक समस्याले भएको तर आफु क्षतिपूर्तिका लागि केन्द्रसँग पहल गर्ने कुरा बताए । विद्युतको मिटर जडानका बेला रु. ५०० र मुख्य तार जोड्नेबेलामा कर्मचारीले प्रत्येक घरधुरीबाट रु. ५० उठाएर लिएको भन्ने कुरा आफुलाई थाहा नभएको बताए । अधिकारीले यस्ता खाले कुनै अनियमितता भएमा आफुलाई तुरुन्त फोन गर्न आग्रह गरेका छन् । क्षतिपूर्ति माग सम्बन्धि ज्ञापन पत्र बुझाउने टोलीमा राजापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष महेश चौधरी, बर्दियाली थारु विकास मञ्चका अध्यक्ष तथा थरुहट थारुवान युवा शक्तिका केन्द्रिय संयोजक सिताराम थारु, ग्रामिण युवा विकास समाजका अध्यक्ष बिमल चौधरी, सुम्मत कृषि सहकारी संस्था लि.का अध्यक्ष रघुराम थारु, युनिक स्पोर्ट्स् क्लबका गोपाल थारु लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ