SEE-Exam-Board_0

काठमाडौं २३ सावन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यही साउन ३१ गतेदेखि परीक्षा हुने तालिका थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ