हसुलिया २४ सावन। आठौ थारू लघुकथा श्रृंखला सम्पन्न साथै नवौको लागी लघुकथा आह्वान गरिएको छ । आठौ लघुकथा श्रृंखला जंग्रार साहित्यिक बखेरीको आयोजना गरेको थियो ।
कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको पहिलो सोमबार फेसबुकबाट लाइव प्रशारण हुनेछ । यो आठौ श्रृंखलामा साहित्यकार गणेश बर्तमानको आवाजमा लघुकथाकार प्रबीन बौखहीको “अरठ ” र बिक्रम बिरहुलको “हरभठ्ठा” लघु कथा सुनाउनु भयो ।
यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि. निमाङ थारू मीडिया र गणेश बर्तमानको यूट्युबमा हरेक हप्ताको बिहीबार अपलोड हुनेछन भने यस कैलारी पोष्ट मार्फत उक्त थारू भाषी लघुकथालाई अक्षरमा पढ्न सकिनेछ तर यसपाली लेखकबाट अझै रचना प्राप्त नभएकोले राख्न सकिएको छैन ।
यस श्रृंखलामा सहभागी हुनका लागी साहित्यकार गणेश बर्तमानको म्यासेन्जर तथा कैलारी पोष्टको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com र bartamanganesh@gmail.com मा लघुकथा पठाएर र ज़ूममार्फत प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै लघुकथालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। तल दिएको लिंकमा गएर भिडियो हेर्न सकिनेछ ।
https://www.facebook.com/100028215727470/videos/1144958606036733/