धनगढी,२४ साउन । सुदूरपश्चिममा आइतबार ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३५ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि भएको छ । ७१० जनाको नमूना परीक्षण गर्दा थप १८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । यस्तै आइतबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।
