जलमग्न

धनगढी, २८ सावन।  आज बिहीबार विहान भएको वर्षाले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै अधिकांश क्षेत्र जलमग्न भएका छन्। जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ भने विभिन्न ठाउँ बस्तीमा पानी वसेको छ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले विभिन्न क्षेत्र जलमग्न भएको बताए। उनका अनुसार जिल्ला प्रहरी कार्यालयको परिसर पनि जलमग्न भएको छ। वर्षाले स्थानीयवासीका खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन्।

पानी निकास हुने गरेका पुराना खोलानाला अतिक्रमण गरि भौतिक संरचना निर्माण भएपछि अस्थायी मुकाम जलमग्न भएको हो। धनगढी मुख्य कैलाली नाला, सुकुटी नाला, सबैभन्दा अतिक्रमणमा परेका क्षेत्र हुन्। 

फोटो : तीर्थराज भट्ट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ