f2
Advertisements

काठमाडौं । विभिन्न प्रदेशमा पानी पर्दा आज पनि केही नदीमा बहाव बढ्ने बताइएको छ । कोशी, नारायणी र यिनका सहायक नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने छ भने कमला, वाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई, भेरीलगायतमा बहाव उल्लेख्य बढ्ने विभागले बताएको छ । 

केही नदीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन विभागको आग्रह छ । 

आज प्रदेश १ को इलाम, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र ओखलढुङ्गा तथा प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक भएर बग्ने नदी तथा खोलामा पानीको वहाब बढ्ने छ ।  

गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर तथा लुम्बिनी प्रदेशका नवलपरासी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङ रोल्पा, बाँके, बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेत सल्यान, दैलेख,  कालिकोट, जाजरकोट र सुदूरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ आसपास भई बग्ने नदी तथा खोलामा बहाव बढ्ने र केहीमा आकस्मिक रूपमा बाढीसमेत आउने भएकाले सतर्कता अपाउन विभागले आग्रह गरेको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ