dead..child_dpxeahSlkd
Advertisements

अत्तरिया ,३१ साउन । घरको छतबाट खसेर कैलालीमा एक मजदुर महिलाको मृत्यु भएको छ । जिल्लाको  गोदावरी नगरपालिका-१ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर गोदावरी नगरपालिका – ६ लालपुर बस्ने ३७ बर्षीय बसन्ती देवी जैसीको मृत्यु भएको हो ।

स्थानिय गिता बिष्टको निर्माणाधिन घरमा काम गर्दै गर्दा छतबाट खसेर गम्भिर घाईते जैसीलाई सुरुमा पदमा अस्पतालमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो । उनको सेती अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ