धनगढी,२४ भदौ । कैलाली बहुमुखी क्याम्पसले भौतिक रुपमा पठ्नपाठन सुरु गर्ने भएको छ । विगतमा सञ्चालन गर्दै आईरहेको अनलाईन कक्षा बन्द गरेर भौतिक रुपमा पठ्नपाठन सुरु गर्ने जनाएको हो । क्याक्पसकले आज एक सुचना जारी गर्दै कोरोना महामारीले बन्द रहेको भौतिक कक्षाहरु सरकारले विद्यालय संञ्चालन गर्ने अनुमति दिएसगै संञ्चालन गर्ने तयारी थालेको जनाएको हो ।
आज बिहिबारदेखि सम्पसर्ण अनलाईन कक्षाहरु बन्द गरेर असोज १ गते देखि भौतिक रुपमै कक्षा सञ्चालन गर्ने तयारी भएको कैलाली बहुमुखी क्याम्पस धनगढीका प्रमुख प्रा डा धर्मराज उपाध्यायले बताए ।
समय तालीका भने केिह दिन भित्रै सार्वजनिक गर्ने तयारी रहेको क्याम्पस प्रशासनले जनाएको छ । बुधबार मात्रै विद्यार्थीहरुले अनलाईन कक्षा प्रभावकारी नभएको भन्दै क्याम्पसमा तालाबन्दी समेत गरेका थिए ।