अतवारी
Advertisements

हसुलिया, २४ भदौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि थारु समुदायले मनाउदै आएका अँटवारी पर्वमा एक दिन विदा दिने निर्णय गरेको छ । सबै जातजातीहरुको पर्वलाई मध्येनजर गर्दै महत्वपूर्ण पर्वहरुमा सार्वजनिक विदा दिने निर्णय गर्दै आईरहेको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अँट्वारीको लागि भदौं २७ गते एक दिन विदा दिने बताईन् ।

थारु समुदायका अगुवा तथा थारु संम्वद्ध संघसंस्थाले विगत लामो समयदेखि आफूले मनाउँदै आएका महत्वपूर्ण चाडपर्वमा विदाको मागगर्दै प्रदेश सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए । अँटवारी पर्वमा दूई दिन विदा हुनुपर्ने थारु समुदायको माग अुसार गत वर्ष सुदूरपश्मि प्रदेश सरकारले एक विदा दिने निर्णय गरेपनि कैलाली जिल्लाका स्थानीय सरकारले भने अ आफ्नो पालिकाको छुट्टै निर्णय गरि दूई दिन विदा दिने निर्णय गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ