CREVR
facebook sharing button

धनगढी ५ असोज/सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको छात्रवृत्तितर्फ लक्ष्यभन्दा तीन गुणा बढी आवेदन परेका छन्। प्राविधिक शिक्षाका विभिन्न विधामा सात सय २७ जनालाई छात्रवृत्ति दिने लक्ष्य रहेकोमा दुई हजार एक सय ३८ जनाको आवेदन परेको जनाइएको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार डिप्लोमातर्फ तीन सय ३४ र प्रि(डिप्लोमा तर्फ तीन सय ९३ जनालाई छात्रवृत्ति दिने लक्ष्य छ। कार्यालय प्रमुख कुष्माकर भट्टले भने, “प्रि–डिप्लोमा तर्फ लक्ष्यभन्दा कम आवेदन परेका छन् भने डिप्लोमातर्फ पाँच गुणा बढी आवेदन परेको छ।उनका अनुसार प्रि–डिप्लोमा तीन सय ९० आवेदन परेका छन्। तीन सय ३४ लक्ष्य रहेको डिप्लोमा तर्फमा एक हजार सात सय ४८ जनाको आवेदन परेको छ। कार्यालयले गत बुधबारदेखिनै छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूको छनैट पक्रिया शुरु गरेको जनाएको छ।

कार्यालयले विद्यार्थीको एसईईमा प्राप्त ग्रेड, कक्षा आठको प्राप्त अंक, उमेर अनुसारको ज्येष्ठता लगायतलाई आधारमा छात्रवृत्तिका लागि आवेदन दिएका व्यक्तिहरूलाई छनोट गर्ने उनले बताए। भने, “अहिले सबै अनलाइन माध्यमबाटै छनोट कार्य भइरहेको छ। शुरुमा एसईई ग्रेड, कक्षा ८ को अंक, उमेर अनुसार ज्येष्ठता लगायतलाई आधार मानेका छौं।”प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले कृषि तथा पशुपालन, इन्जिनियरिङ, स्वास्थ्य तथा नर्सिङ, वन, होटल व्यवस्थापनलगायत प्राविधिक विषयमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

परिषदले प्रत्येक २० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा एक वर्गीकृत ९निःशुल्क०, प्रत्येक ३० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा दुई, ४० मा तीन र ४८ मा चार जनालाई वर्गीकृत निःशुल्क छात्रवृत्ति गर्दै प्रदान गर्दै आएको छ। त्यस्तै प्रत्येक कार्यक्रममा एक जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति दिने गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ