धनगढीः कैलालीको अत्तरियादेखि कञ्चनपुर अन्तरगतको पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा चार लेनको सडक बनाइने भएको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले साढे ८ करोडको लागतमा पूर्वपश्चिम राजमार्ग ४ लेनमा बिस्तार गर्न ठेक्का सम्झौता गरेको हो। विज्ञापन

सडक डिभिजन कार्यालयका अनुसार सहरी र दुर्घटनाग्रस्त क्षेत्रमा चार लेनको सडक बनाइने छ। ट्राफिक जाम हुने शहरी तथा बजार क्षेत्र, बढी दुर्घटना हुने क्षेत्रमा पूर्वपश्चिम राजमार्ग चार लेनमा विस्तार हुने सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मी जोशीले बताए। उनले भने, ‘दुई ठेक्का गरिएका छन्। बजार क्षेत्र, दुर्घटना हुने क्षेत्रमा सडक चार लेनको निर्माण गर्छाै। तर सबै क्षेत्रमा होइन्।’विज्ञापन

अत्तरियादेखि भासीसम्मको सडक विस्तार र मर्मतका लागि ८ करोड ५० लाख ७० हजारमा कुमार जोशी जेभीसँग ठेक्का सम्झौता गरिएको छ। तर सडक बिस्तारको काम सुरु भएको छैन। जेभीले अत्तरिया, गुलरिया, झलारी, वाणी तथा शहरी र बढी दुर्घटना हुने २ दशमलव ४ किलोमिटर क्षेत्रमा तीन दशमलव ५ मिटर दाँया र तीन दशमलव ५ मिट बाँया सडक बिस्तार गर्नेछ। निर्माण व्यवसायी गणेश जोशीले सडक निर्माणको काम सुरु गरेको बताए। उनले भने, ‘केही क्षेत्रमा चार लेनको निर्माण गर्नुछ। केही क्षेत्रमा मर्मत पनि छ।’