kailarigapa111

हसुलिया, ८ असोज । कैलालीको कैलारी गाउँपालिकाले एकजना आवश्यक पदमा ५ जना कर्मचारी भर्ना गरेको फेला परेको छ।विज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफ ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ। तर गाउँपालिकाका सामाजिक विकास अधिकृत, सब–ईन्जीनियर, अनमी, ल्याब असिसटेन्ट लगायत पदमा १९ जना कर्मचारी भर्ना गरी एक करोड ७ लाख बढी खर्च गरेको छ।

सोही ऐनको दफा ८३ (८) बमोजिम प्रहरी, सवारी चालक, कार्यालय सहयोगी लगायतमा मात्र करार सेवामा कर्मचारी भर्ना गर्न पाउने व्यवस्था छ। तर कैलारी गाउँपालिकाले एक पदमा ५ जना कर्मचारी भर्ना गरी ८ लाख ३० हजार खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। (साभार दिनेश खबरबाट)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ