gyapn

मोती रत्न/ प्रबिन बौखही, हसुलिया। कैलालीको कैलारी गाउँपालिका-५, बैजपुर र मानिकपुर गाउँका किसानहरुले गाउँपालिकाको बजेटमा भेटभाव गरि सौतेनीको व्यवहार गरि उपेक्षा गरियो भनी कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा ज्ञापन पत्र बुझाएका छन ।

तस्बीर: प्रबीन बौखही

गाउँका किसानहरुले राखेका बुँदागत माँगहरु पुरा गर्न कैलारी गाउँपालिकाको कार्यालय हसुलिया र ५ न. वडा कार्यालयलाई सो ज्ञापन पत्र बुझाइएको हो ।

तस्बीर: प्रबीन बौखही

गाउँका किसानहरुका तर्फबाट कैलारी गाउँपालिकाको कार्यालय हसुलियाका अध्यक्ष लाजुराम चौधरी र ५ न. वडा अध्यक्ष बिष्णु चौधरीलाई सो पत्र बुझाएका हुन । गाउँका किसानहरुको समस्याका बारेमा स्थानीय सरकारले कुनै चासो नदिएको, पाँच बर्षको अवधिमा १५/२० लाखको ग्राबिल मात्र दिएको भन्दै आज बुधबार ३५/४० जनाको संख्यामा आएका किसानहरुले हसुलियामा प्रदर्शन गरेका थिए ।

तस्बीर: प्रबीन बौखही
तस्बीर: प्रबीन बौखही

३ बुँदामा समेटिएको सो पत्रमा विभिन्न विषयमा गाउँ कार्यपालिकालाई ध्यानाकर्षण गराउनुका साथै जनसरोकारका विषयहरू पूरा गराउन माग गरिएको छ ।

तस्बीर: प्रबीन बौखही

२ बर्षभित्र गाउँपालिकालाई ग्राबिलयुक्त गाउँपालिका बनाउने निति र कार्यक्रम भए पनि, कैलारी गाउँपालिकाको कुना-कुना ग्राबिलयुक्त भएको प्रचारबाजी बाहिर भए पनि हालसम्म मुख्य सड़क पनि सिमसिम पानी पर्दा पनि हिलाम्य हुने गरेको, गाउँमा कम्तीमा १८०० मीटरको ग्राबिल तुरुन्तै दिनुपर्ने, सर्बोदय प्राथमिक विद्यालयको भवनमा कोरोना अस्थाई अस्पतालको रुपमा प्रयोग भैरहेकोले तुरुन्तै बाल कक्षा संचालनको लागि भवन दिनुपर्ने, कार्यालय कक्षसहितको ३ कोठे सामाजिक भवन तुरुन्तै दिनुपर्ने जस्ता बुँदाहरू उक्त ज्ञापनपत्रमा समेटिएका छन् । ज्ञापनपत्रमा बैजपुर र मनिकापुर गाउँ किसानहरुको हस्ताक्षर गरेका छन् ।

तस्बीर: प्रबीन बौखही

दुई गाउँका प्रतिनिधिहरुले गाउँपालिकाको कार्यालयमा गएर सो ज्ञापनपत्र बुझाएको हो । गाउँपालिका अध्यक्षको कार्यकक्षमा एक कार्यक्रमका बिचमा सो ज्ञापनपत्र मिसन चौधरीले पढेर सुनाएका थिए भने माग बारे बैजपुरका भलमन्सा लाल्टुु चौधरी, गणेश चौधरी, बिराजू चौधरी, शेर बहादुर चौधरी, मनिकापुरको जगन चौधरी र भलमन्सा लगायतले सो कार्यक्रममा बोल्दै जोरदार माग गरेका थिए । त्यसपछि उक्र पत्र गाउँपालिका अध्यक्षलाई बुझाइएको थियो ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्षले त्यसबारेमा आफ्नो ध्यानाकर्षण भएको र नयाँ बस्तीमा ध्यान पुर्याउन नसकेको स्वीकार गरेका छन। यसै बर्ष बैजपुरमा १८०० मीटरको ग्राबिल र सार्बजनिक सभा हल, सार्वजनिक चर्पी, सुरक्षित खानेपानी मनिकपुरमा होम पाइप, सार्वजनिक चर्पी, ७०० मीटर ग्राबिल तुरुन्तै दिने र प्रदेश सरकारद्वारा बिजुलीको पोल पहल गर्ने बताए। गाउँपालिकाद्वारा यसै बर्ष ज्ञापन पत्रमा उल्लेखित माग पूरा गर्ने बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ