FB_IMG_1634919239147

हसुलिया, ५ कार्तिक । प्रधानमन्त्री शेर बहादुर देउवा कैलालीको कैलारी गाउँपालिकाका बाढी पीडित किसानहरुको गाउँमै गएर समस्या बुझेका छन् ।
प्रधानमन्त्री देउवाले किसानहरुको समस्या बुझन शुक्रबार वडा नम्बर ७ अन्र्तगतको भुँईयाँफाँटा, रामपुर गाउँ पुगेका थिए । बाढी पहिरो पीडितहरुका समस्या बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले कैलारीका किसानहरुका पनि समस्या बुझेका हुन् ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कैलारीका बाढी पीडित किसानहरुका समस्या तथा पीडा प्रधानमन्त्री समक्ष दर्शाएका थिए । अध्यक्ष चौधरीले यहाँका किसानहरु कटैनी र मोहना नदिबाट धेरै नै प्रभावित भएकाले उक्त नदिकाबाट हुने क्षति नियन्त्रणका लागि सरकारको ध्यानाकार्षण गराएका थिए ।
साथै यहि असोज ३१ गते देखि भएको बेमौसमी बर्षाका कारण यहाँका किसानहरुको हजारौं बिघा धानबाली नष्ट भएकाले किसानका लागि तत्काल राहत लगायत अन्य व्यवस्थापन गर्न पनि अध्यक्ष चौधरीले प्रधानमन्त्री देउवालाई ध्यानाकार्षण गरएका थिए ।
प्रधानमन्त्री देउवाले बाढी पीडित किसानहरुको समस्याबारे आफू राजधानी पुग्ने वित्तिकै सम्बोधन गर्ने बताएका थिए ।

बाढी पीडित किसानहरुका समस्या तथा धानबाली क्षतिबारे प्रधानमन्त्री देउवासंगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपि साउद, बीर बहादुर बलायर, प्रदेश सभासदस्य बिरमान चौधरी, गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, कांग्रेस नेता खेमराज चौधरी, राजसमझ चौधरी लगायत सहभागिता रहेको थियो ।

1 सोचेको “प्रधानमन्त्री देउवा गाउँमै पुगेर बुझे कैलारीका बाढी पीडित किसानहरुका समस्या

  1. असल कामको लागि धेरै धेरै धन्यबाद छ सरकारलाई । सम्माननिय प्रधानमन्त्री ज्यु को कैलारी गाउँ पालिका को बाढी प्रभावित भएका किसानहरुको स्थलगत अवलोकन भ्रमण गरेकोमा सम्पूर्ण किसानहरुलाई सरकारले भाषणमा बोले जस्तै केहि गर्छ कि भन्ने आशा र भरोसा भएको छ । हात्ती आयो हात्ती आयो फुस्सा चाहिँ नहोस । किन भने २०६४ सालको बाढी पीडितलाई यस्तै भएको थियो । धन्यवाद ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ