corona-deth-new-122021-11-09-01-00-52

धनगढी,२३ कात्तिक । धनगढीका एकजना कोरोना संक्रमितको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। उ-महानगरपालिकाको वडा नम्बर ५ का ७२ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १०७ नमुना परिक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।हाल अस्पतालमा दुईजना संक्रमित विरामीको उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ