पवेरा, ९ पुस। कैलालीकाे कैलारी गाउँपालिकाको -५,वडा पबेरा मण्डीमा (बोण्ड ईङलिस स्कुल,पबेरा गाउँ जाने बाटो) हुलाकी सडकमा पर्ने कल्भट निर बाईक र साईकल ठोक्किएको छ। धनगढीबाट जानकी गाउँपालिका तर्फ गईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००९ प१९१० नम्बर बाईक मा सवार चालक जानकी गाउँ पालिकाकी चन्द्रा बम र कैलारीको रामपुरबाट धनगढीतर्फ गईरहेको साईकल मा सवार रहेका कैलारी गाउँपालिकाको ७ नं. वडाको ३० /३२ बर्षिय एक पुरुष रहेको छन।
साईकलमा सवार रहेका पुरुषको बाहिरी चोट भने देखिएको छैन र छातीमा चोट लागेकोले साईकल चालकलाई हसुलिया ईलाका प्रहरीको सहयोगमा उपचारको लागि एम्बुलेन्सद्वारा धनगढी लगिएको छ। बाईक र बाईक चालकको अवस्था सकुल रहेको छ भने साईकल कच्याककुचुक भएको छ।
हुलाकी सकड बिस्तार र पहिले निर्माण भएका कल्भटलाई पुन: अर्को कल्भट जोड्ने काम भैईरहेकोले ,साँगुरो र ब्यस्त हुलाकी सडक भएकाले यस क्षेत्रमा अकसर एक्सिडेन्ट भैईरहेको देखिन्छ।