received_473834334102270

धनगढी। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा राम दहित निर्बिरोध चयन भएका छन् । फोनिज कैलालीको शनिवार धनगढीमा सम्पन्न चौथो अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा गीता चौधरी, सचिवमा सागर कुश्मी, सहसचिव अनिता चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा स्वरुप चौधरी बनवारी राना, मनिषा थारु, कन्चन चौधरी, प्रविन चौधरी, दिनेश राना, राम प्रसाद चौधरी र खडक चौधरी रहेका छन् । फोनिज कैलाली अध्यक्ष राम लखन चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । सो पत्रकार संगठनका कार्यसमिति सदस्य गीता चौधरीको स्वागत मन्तब्य संगै भएको कार्यक्रमको संचालन सचिव राम दहितले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ