Screenshot_20220104-081229_Facebook

२०,पुस। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सुरकुहिरो लागेको छ

दिउँसो सुदूर पश्चिम प्रदेश ,कर्णाली प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ।राती सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ। 

सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ।

बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ