Screenshot_20220105-202752_Facebook

धनगढी,२१ पुस । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १२६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।  

एक हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जना र ६९ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा पाँच जना संक्रमित डिस्चार्ज भएका छन ।

यस्तै हिजो मात्रै ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म ४८ हजार ३९९ जनामा संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ