हसुलिया,०७ ।कैलालीको कैलारी गाउँपालिकाको बैजपुर गाउँमा सामुहिक भुरा खेल खोज्निबोज्निबाट गणेश चौधरी भल्मन्साको रुपमामा चयन भएका छन।त्यसैगरी अधरियामा लक्ष्मण चौधरी र सचिबमा महिलाबाट बिष्णु न्यौपाने चौधरी सर्बसहमति बाट नयाँ नेत्तृव चयन भएका छन। यस पटक बैजपुर गाउँमा नयाँ अनुहारका नेतृत्व सम्हालेको पाईन् तर गणेश चौधरी केही बर्ष अगाडि पनि भल्मन्साको रुपमा काम गरि सकेका छन। हाल बिदाई भएका नेतृत्व छोडेका भल्मन्सा लाल्तु बौखही,अघारी रामप्रसाद चौधरी,सचिब शुक्रराज चौधरी आफ्नो दुई बर्षे कार्यकाल सम्हाली नयाँ नेतृत्वलाई अबसर दिएका हुन। माघ महिनालाई नयाँ साल या आर्थिक बर्षको सुरवात मान्ने गरेकाले थारु गाउँमा यतिबेला धमाधम नेतृत्व चयन गरिरहेको पाईन्छ। यसै माघ महिनाबाट थारु गाउँमा, बस्तिमा नेतृत्व चयन गरि रहेका छन। बितेको सालको समीक्षा गरि आउने नयाँ बर्ष भरिको लागि नेतृत्व पाएकाहरुले गाउँलाई एक ढिक्का बनाएर गाउँका समस्यालाई सबै गाउँले मिलेर समाधान गर्छन। सानोतिनो घरझगडा,कुलोपानी,लेनदेन,चरीचरन भोज बिबाह,मृत्युदाह संस्कार कुनै उजुरी भए सामुहिक बैठक बसी सकभर गाउँमै मिलाउने गर्ने गरिन्छ। थारु गाउँ बस्तिमा नेतृत्व लिएकाहरु बिना पारीश्रमिकको गाउँलाई सम्हाल्ने गर्छन तर कुनै कुनै गाउँमा अहिलेको परिवेशमा पारीश्रमिक लिने गरेको पाईन्छ। बैजपुरको सामुहिक किसानहरुको भेलामा गत बर्षको आय/ब्यय गाउँको सामुहिक खर्च तर्फरु.२,५८,८१५.७९ र आम्दानी तर्फ रु.२७८४३७.८० प्रस्तुत गरिएको थियो।