kisspng-vector-graphics-portable-network-graphics-bell-zig-5d22f52871abb1.7359040015625720724656-1

सुखड, २१ चैत्र: कैलालीको एक मन्दिरका घण्टी चोरी गर्ने २ जना पक्राउ परेका छन्। घोडाघोडी मन्दिरको घण्टी चोरेर बेच्न खोज्ने घोडाघोडी नगरपालिका–१ का ५२ वर्षीय फुलराम चौधरी र वडा नम्बर ३ का ३८ वर्षीय नारायण दास चौधरी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १ क्विन्टल ६० किलो पुराना घण्टी बरामद भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। दुवैले साडेपानीको एक भाडा पसलमा ती घण्टी बिक्री गर्न खोजेका थिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ