Screenshot_20220513-173856_Facebook

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित खराखसे मतदान केन्द्रमा गोली चलेको छ ।

स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । सोही क्रममा विवादले उग्ररुप लिएपछि गोली चलेको थियो । प्रहरीले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी छन् ।

कर्मचारी मनिषा थापालाई गोली लागेको छ । उनको खुट्टामा गोली लागेको छ ।

मतदानस्थलको बाहिर विवाद भएपछि नेकपा एमालेका कार्यकर्ताले बुथ फाल्ने चेतावनी दिएका थिए । त्यसपछि विवादले चर्को रुप लिएको थियो । बार्हखरीबाट

एमालेले बुथ फाल्ने धम्की दिएपछि विवाद बढ्दै गएको र गोली चलेको त्यहाँ रहेका पत्रकार नन्दलाल अमगाइँले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ