दिब्या प्रयासी
टीकापुर
ए राज्य , ए सरकार
ए तिम्रा नियम कानुन र
ए अतिबादी मनुबादी
मानव नकाबी नरभक्षिहरु ।
तिम्रा खुकुरी , बन्दुकका तातो गोलि
बंम बारुदले हराउला
भारु र डलरले हराउला
तर स्वाभिमानी थारु हारेको छैन ।
जब जब अन्याय अत्याचारले सिमा नाघ्छ
तब तब रातो आन्दोलन रातो क्रान्ति जन्मिन्छ ।
तिमीलाइ थाहा छ कि
रातो क्रान्ति आन्दोलनका बिच
शक्तिमान जनार्दनका बिच
तिमी जनताका माग बिपरित
बोल्नु हुन्न
शान्तिपुर्ण आन्दोलन लाई साथ दिनु नै
तिमी देश भक्त देश रक्षक कहलिनु हो ।
तर आज भोली थारुलाई हराउन
बुलन्द ती आवाज दबाउन ।
अधिकार पहिचान कुल्चन ।
कहाँ सम्मको शोसन दमन अन्याय अत्याचार हो
महासय ।
तर तिम्रा हतियार , अतिबादी जाती बादी
सोच संस्कारले हराउला मलाइ
तर
यो देशको माटाे माया मोह
आवाज बिहिनहरुको
चिच्याहत ले हारेको छैन म
हारेको छैन मेरो थारु
साच्चिकै लाग्छ प्रहरीको कुनै गल्ती छैन ।
जनता माथी आक्रमण गर्नुमा ।
गल्ती त उस्को हो ।
जनताको रगत पसिनामा जो
खेल्दैछ राज गर्दैछ ।
ती सत्ता कुर्सिमा राज गर्दैछ ।
यो देश रक्षकलाइ त कठपुतली वनाइ नचाइ रहेछ ।
उस्को पावर पैसाले
हरेक आन्दोलनमा
छानी छानी छातिमा गोलि थोकी
हराउला थारुलाइ
तर असल सोच बिचार र कर्मले
थारु हारेको छैन ।
कहिले वीर गोर्खाली बनी चिनाएको छ ।
कहिले अंग्रेजसंगको लडाइँमा इतिहास बनाएको छ ।
आदिबासी धर्तीपुत्र यो देशको लागि
आफुलाइ बलि चढाएको छ ।
कसरी हारेको छ थारु महोदय
थारु हार्न सक्दैन महोदय ।
कदापी हारेको छैन थारु ।