Screenshot_20220617-190827_Facebook
Advertisements

शुक्रबार असार ३, २०७९/ Friday 06-17-22

कञ्चनपुर, ३ असार । सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सो विश्वविद्यालयमा यसै वर्षबाट चिकित्सा संकायको अध्यापन सुरु हुने बताएका छन् । विश्वविद्यालयको शुक्रबार आयोजित दोस्रो दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन ।
एनलृ यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइने बताए । प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ ।’
उनले सुदूरपश्चिम विश्वविद्यालयले गुणस्तरीय जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यसैगरी, विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । प्रधानमन्त्री देउवाले आउँदा दिनमा सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक र व्यवस्थापकीय पक्षमा अझ सुधार हुने विश्वास व्यक्त गरे ।
दीक्षान्त समारोहमा दिक्षित हुने एक हजार १८ विद्यार्थीमध्ये ३१८ जना सहभागी भएका थिए ।
स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाएका छन । समारोहमा शिक्षामन्त्री देबेन्द्र पौडेल ,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत सहभागी थिए ।
यसैगरी, प्रधानमन्त्री देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
नेपाली कांंग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा शुक्रबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन ।
जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम  गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे ।
कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ