हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा विकास निर्माणका सम्पन्न योजनाहरूको गाउँपालिका स्तरीय अनुगमन समुहले अनुगमन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी सहित प्राविधिक टोलीले बुधबार सम्पन्न योजनाहरूको स्थलगत अनुगमन गरेको हो । गाउँपालिका स्तरीय अनुगमन समुहले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट पालिकाका विभिन्न वडामा सञ्चालित निर्माण भएको योजनाहरूको गुणस्तर भए÷नभएको बारेमा अनुगमन गरेको समिति संयोजक भगवतीकुमारी चौधरीले बताए ।
गाउँपालिका स्तरीय अनुगमन समुहले कैलारी गाउँपालिका वडा नम्बर ५ बैजपुरमा रहेको न्यू प्रसंशा यूवा क्लव भवनको अनुगमन गरेको छ । यसको प्रदेश पूर्वाधर विकास कार्यक्रम अन्र्तगत १० लाख ३ हजार बजेट छुटयाइएको थियो ।
त्यसैगरी कैलारी गाउँपालिका वडा नम्बर १ केगाउँस्थित खुशीराम टे«डर्सदेखि कैलारी सहकारीसम्म माटो पटानी, होमपाइप जडान, ग्राभेलिङको अनुगमन गरिएको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ५ लाख २ हजार बजेटमा यो योजना सम्पन्न भएको छ ।
अनुगमन समुहले वडा नम्बर ४ के गाउँ पश्चिम खेदा टोलदेखि अमरटोल हुदै विरबहादुरको घरसम्म सडक स्तरोन्नतीको अनुगमन गरेको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत १३ लाख ४ हजार बजेटमा सडक स्तरोन्नतीको काम भएको छ । तिन वटै योजनाको अनुगमन गर्दा भौतिक रुपमा सम्पन्न देखिएको अनुगमन समितिका सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए ।
निर्मानाधिन ३३ वटा योजना सम्पन्न हुने क्रममा रहेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सबै योजना सम्पन्न भएर भुक्तानी प्रक्रियामा रहेको शाखा प्रमुख चौधरीले बताए ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवतीकुमारी चौधरी, सदस्य सचिव सन्तोषकुमार चौधरी, पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरी, वडा नम्बर ९ का अध्यक्ष खेमराज चौधरी, प्राविधिक अस्सिटेन्ट सवइन्जिनियर संजय कठरिया सहभागिता रहेको थियो ।
त्यस्तै सम्बन्धित वडामा योजनाहरुको अनुगमनमा आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद चौधरी, न्यायिक समिति सदस्य तथा वडा नम्बर १ का अध्यक्ष धोजहरिपाल बोहरा, वन वातावरण विपद व्यवस्थापन समितिका संयोजक वडा नम्बर ४ का अध्यक्ष ठागुराम चौधरीको अनुगमनमा सहभागिता रहेको थियो ।