Advertisements
धनगढी। धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले सडक नबन्नुको कारण सहितको पोस्टर सडकको बिचमै गाडेका छन् ।उपमहानगरपालिकाको वडा नम्बर ५ हसनपुर युएन चोक देखि ऐश्वर्य बहुमुखी क्याम्पस सम्म र युएन चोक देखि तारानगर जाने बाटो बर्षौदेखि नबन्नुको कारण सहित स्थानीयले सडक बिचमै पोस्टर गाडेका हुन् ।
उनीले भ्रष्ट्राचारी नेताको घर नहुनु, भ्रष्ट्राचारी कर्मचारीको घर नहुनु, अल्छी टोलवासी हुनु र भ्रष्ट्राचारी इन्जिनियरको घर नहुनु भन्दै उनीहरूले सो कारण सहित सहित स्थानीय सरकारको ध्यानाकर्षण गरेका हुन् । अहिले सो सडकमा पानी जमेका कारण बालबालिका र विद्यार्थीहरू बढी मारमा पर्दै आइरहेका छन् ।