२,श्रावण। कैलालीकाे टिकापुरकाे सिटी हलमा कमैया मुक्ति दिवसकाे एक कार्यक्रम सम्पन्न भएको छ । मुक्त कमैया नगर समितिका अध्यक्ष श्री कलबिर चाैधरी ज्युकाे सभाध्यक्षतमा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा टीकापुर नगर प्रमुख श्री राम लाल डगाैरा थारु रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा नगर उपा प्रमुख श्री खडक बहादुर शाह,नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष श्री रञ्जिता श्रेष्ठ चाैधरी रहनु भएको थियो। अतिथिहरुमा १न. वडा सदस्य श्री प्रेम कला चाैधरी,श्री चरण देवी विक,श्री गणेश घर्ती मगर,श्री नरेश विक नेकपा एमाले नगर अध्यक्ष श्री धुर्ब खत्री,जनता समाजबादी पार्टी नगर अध्यक्ष श्री बिरेन्द्र साउद,नागरिक उन्मुक्ति पार्टी संगठन विभाग प्रमुख लक्ष्मण किसाेर चाैधरी,ईलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डि एस पी श्री सुरज शाही,कमैया महिला जागरण समाज नेपाल जिल्ला उपाध्यक्ष श्री सीता चाैधरी,मुक्त कम्लहरी बिकास मञ्च जिल्ला अध्यक्ष श्री बिन्द्र चाैधरी,मेलमिलाप नगर सञ्जाल टीकापुर अध्यक्ष श्री जंग बहादुर चाैधरी,समाजसेवीहरु श्री कैलाश चाैधरी,श्री लाल वीर चाैधरी,एकता नगर बस्तीका अध्यक्ष रण बहादुर विक सामुदायिक रेडियो टीकापुर एफ एम का पत्रकार श्री दुर्गा देवकोटा,कलान्तर दैनिकका सम्पादक श्री पदम सापकोटा,उज्यालो टिभी विभिन्न पत्रकार सराेकारवाला लगायत शिवनगर,बिजयनगर,शक्तिनगर,चमेलीपुर गाउँका सबै,बड्घरहरुकाे उपस्थितिमा स्वागत मन्तब्य नगर काेषाध्यक्ष श्री लिला चाैधरीले गर्नु भएको कार्यक्रममा २२ वटा मैनबत्ती बाली सहभागी अतिथिहरुकाे नृत्य प्रस्तुति द्वारा उद्घाटन भएको थियो । टीकापुर नगरपालिकाकाे कार्यपालिका टीकापुर र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकाे सहयोगमा मुक्त कमैया नगर समिति,मुक्त कमैया बड्घर सञ्जाल,मुक्त कमैया युवा समाज,कमैया महिला जागरण समाज नेपाल,मुक्त कम्लहरी बिकास मञ्चकाे संयुक्त आयाेजनामा भएको कार्यक्रम सञ्चालन प्राकृतिक स्राेत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता श्री बन्धु प्रसाद चाैधरी गर्नु भएको थियो।
कमैया प्रथा पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारू समुदायमा प्रचलित थियो। कैलालीमा आठ हजार ९१० परिवारले मुक्त कमैयाको परिचयपत्र पाएका थिए। जसमध्ये आठ हजार ५४६ परिवारको पुनर्स्थापना भइसकेको छ। ३६४ परिवारको पुनर्स्थापना हुन बाँकी रहेको जिल्ला भूमि सुधार कार्यालयको तथ्यांक छ। तर, जिल्लामा सट्टा भर्ना दिनुपर्ने १९३ र शुद्ध रूपमा पुनर्स्थापना गर्नुपर्ने १८७ गरी ३८० परिवारको पुनर्स्थापना हुन बाँकी रहेको कमैया क्षेत्रमा काम गर्ने संघसंस्थाको दाबी छ।
कमैया प्रथा उन्मूलन समाजका अनुसार, कैलालीको लम्कीस्थित एकतानगर शिविरमा ४५ परिवार, टीकापुरको शिवनगर शिविरमा ७९, गेटाको मेडिकल कलेज शिविरमा १६, मसुरियाको अन्डैया शिविरमा १७, कैलारी गाउँपालिकाको मिलनपुर शिविरमा ३५ र ओमनगर शिविरका ३० परिवारले परिचयपत्र पाए पनि जमीन पाउन सकेका छैनन्। उनीहरू जंगल र नदी किनारमा शिविर बनाएर बस्दै आएका छन्।