Screenshot_20220718-235244_Facebook

कञ्चनपुरः दोधारा चांदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ। दोधारांचाँदनी नगरपालिका वडा नं ८ सुन्दरनगर नेपाल–भारत सीमा क्षेत्रमा रहेको स्थानीय ईन्द्रबहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा एसएसबीले रोक लगाएको हो।

शनिबार ईन्द्रले आफ्नो खेत जोत्न लाग्दा एसएसबीले रोक लगाएको स्थानीयले बताए। एसएसबीले खेत जोत्न रोक लगाएपछि ईन्द्रले स्थानीय प्रशासनलाई गुहारेका थिए। यस्तै विवाद भएपछि नेपाल तर्फका सुरक्षा अधिकारी विवाद स्थलमा पुगेका छन्। विवाद साम्य गर्न आज अपरान्ह ५ बजे दुबै देशका सुरक्षा अधिकारीसहित जनप्रतिनिधिबीच बैठक बस्ने भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ