Screenshot_20220509-095254_Facebook
तत्कालीन नेकपा रहँदा आफूहरू एकै ठाउँमा भएको जनाउँदै प्रचण्डले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता गरिने बताएका छन्। वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि प्रचण्डले यस्तो धारणा राखेका हुन्। 

सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा मङ्गलवार भएको छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा छलफल भएको थियो। बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्य उपस्थित थिए। 

तत्कालीन नेकपा रहँदा आफूहरू एकै ठाउँमा भएको जनाउँदै प्रचण्डले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताए। “हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरूका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भने, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन।”

बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए। तत्कालीन नेकपामा उनीहरू सचिवालय सदस्यका रूपमा रहेका थिए।

वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको उनले स्पष्ट पारे। “तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उनले भने, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ