Screenshot_20220720-062234_Facebook

धनगढी, ४ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीमा खुटिया नदीले गरेको कटानको मंगलबार अवलोकन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानासहितको टोलीले कटान क्षेत्रको अवलोकन गरेको हो । दुई दिन अगाडिमात्रै आएको बाढीले बेलीस्थित खुटिया पुलको उत्तरतर्फ कटान सुरु गरेको छ । कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको क्षेत्रमा पनि नदीले कटान गर्न थालेको हो । नदीले जमिन कटान गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । उनीहरुले कटान नियन्त्रण गर्नका लागि पहल गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ