हसुलिया, ११ सावन । नागरिक उन्मुक्ती पार्टीकाे प्रवक्ता दामोदर पण्डित माननीय रेशम चौधरी मुद्दा र पहिचान रहेकाे बताए।
मंगलबार दिन हसुलियामा नागरिक उन्मुक्ती पार्टी कैलारी गाउँपालिकाकाे आयोजना गरेकाे कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँ यस्ताे कुरा बताएका हुन ।
थारु समुदायले बनाएकाे ढकिया थारुहरुकाे लागि पहिचान हो, परिचय हो, मुद्दा हो,’ पार्टी प्रवक्ता पण्डितले भने,–‘थारु समुदायकाे अलग्गै पहिचान छ, खानपान, संस्कृति, सम्वत बछ । यसलाई कहिल्यै न बिर्साै ।’
अाफ्नाे नाचगान जोगाउनकाे लागि ।’ अाफ्नाे संस्कृति नछाेडाैं, पुर्खाले सिकाएका परम्परा नबिसाैं प्रवक्ता भने ।
केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी टीकापुर घटना राजनितिक घटना रहेकाे बटाइन। उनले भनिन, थारु समुदाय अाफ्नाे पहिचान, हक अधिकारकाे लागि आन्दोलन गरेकाे तर घटना घटना घटाइ झुठा आरोपकाे मुद्दामा थारुलाई जेलमा कोचेकाे बताईन। थारु भएकाे कारण जेलमा बस्नु परेकाे अध्यक्ष रन्जिताले भनिन । नागरिक उन्मुक्ती पार्टी खुलेकाे कम समयमा कैलालीमा ठुलाे फडको माड्न सफल भएकाेले संघ र प्रदेशमा अझै दोब्बर फडको माड्ने दाबी गरिन ।
स्थानीय चुनाव अगाडि कसैले विश्वास नगरेकाे तर चार पालिकाकाे प्रमुख सहिट ९९ सित आए पछि ठुलाे पार्टीले अहिले डाह गरेकाे बताईन । हाम्रो पहिचानलाई स्थापित गर्न फेरि ढकियामा भोट हाल्न उहाँले आग्रह गरिन ।
कार्यक्रममा पार्टीकाे केन्द्रीय सदस्य लक्ष्मण थारु, इन्दु थारु, गंगा चौधरी, अरुण चौधरी, खुशीराम चौधरी लगागत मन्तव्य व्यक्त गरेका थिए । कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा विभित्र पार्टी छोडेर ४ सय १३ जना नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका थिए । कैलारी–८ निवर्तमान वडा अध्यक्ष दुःखीराम कठरिया पनि माओवादी पार्टी छोडेर नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका छन ।
कार्यक्रममा विभिन्न कलाकारहरुलाई सम्मान कार्यक्रम पनि गरिएको थियोे । संघ र प्रदेशकाे चुनाव लक्षित गरि सुदूरपश्चिमकाे कैलाली कञ्चनपुर लगायत र प्रदेशमा पनि यी पार्टी कार्यकर्ता भेटघाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा तिव्र बनाएकाे छ। यस्तै गरि भजनीमा भएकमे कार्यक्रममा ७ सय ११ जना नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यीय गंगाराम चौधरीले बताए ।