Screenshot_20220105-061548_Facebook

काठमाडौं, ११ साउन । बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ