
थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित भएकी छिन् ।
सानुले २८ भोट ल्याइ प्रतिद्वन्द्वी रोशन चौधरीलाई ८ मतले हराइन् । रोशनको २१ मत आएको थियो भने १ मत बदर भएको थियो । नवनिर्वाचित सभापति सानुले सबै पक्षलाई मिलाएर लैजाने बताइन् ।
असोज ८ गते शनिबार भएको थाकस जिल्लाको नवौं महाधिवेशनमा भएको बाँकी पदमा भने सर्वसम्मत चयन भएको थियो । जसमा उपसभापति त्रयमा अम्बिका चौधरी, आशाराम चौधरी र रतनलाल राना रहेका छन् । सचिव रेशम चौधरी, सहसचिव राजकुमार चौधरी, कोषाध्यक्ष वसन्ती चौधरी रहेका छन् ।
त्यस्तै, सदस्यमा कुमारी लक्ष्मी चौधरी, हुरीलाल चौधरी, सीता डंगौरा, चन्द्रप्रसाद चौधरी, टेकबहादुर चौधरी, प्रकाश राना, जगदीश चौधरी, ज्ञानु चौधरी र सीता चौधरी रहेका छन् ।
यसै गरी केन्द्रीय पार्षदमा हरिराम चौधरी, लक्ष्मीनारायण चौधरी, गीता चौधरी, उदय चौधरी, दुलारे राना र आरती चौधरी रहेका छन् ।