कैलारी गाउँपालिकाकाे बैजपुरमा साँस्कृतिक साँझ र डसिया मिलन कार्यक्रम हुने भएकाे छ। बैजपुुर गाउँ समाजकाे अायाेजनामा न्यू प्रशंसा युवा क्लबकाे सह अायाेजन र कैलारी पाेष्ट मिडिया पाट्नर रकेकाे दशै १७ गते राति हुने भएकाे हाे। थारु परम्परागत नाच लाेप हुँदै गईरहेकाे अवश्थामा संस्कृति संरक्षण र संरक्षण गर्ने उदेश्यले साे कार्यक्रमकाे अायाेजना गरिएकाे समाजले जनाएकाे हाे। लुकेर रहेका स्थानिय कलाकारहरुलाई चिनाउने साथै सँस्कृति संरक्षण गर्न सबैले लाग्नु पर्ने कुरा अाैल्याउदै सानाे प्रयास गर्ने प्रयास गर्दै रहेकाे कुरा समाजमा संयाेजक गणेश चाैधरीले बताउनुभयाे। प्राविधिककाे जिम्मेवारी सम्हालेका प्रविन बाैखहीले गाउँघरतिर पनि बाहिरी संस्कृति माैलाई रहेकाले नयाँ पुस्ताले पनि सिक्नु पर्ने अवधारणा लिएर नाचकाे अायाेजना गरिएकाे बताए। अचेल थारु गाउँहरु दशैँ र दिपावलीमा पनि प्राय: सुनसान हुने गरेकाेले नयाँ पुस्ताले पनि सँस्कृतिबारे केही सिकाेस भनी डसिया मिलन कार्यक्रम टय गरिएकाे प्राविधिक जिम्मेवारी सम्हाली रहेका मनिष चाैधरीले बताए। लुकेका र विभिन्न हुनर भएकाहरुलाई उत्साहित गर्न याे नाचकाे अायाेजना गरेका हाै जसमा कठरिया, थारु, डेउडा लगाएत दर्जनाैमा अाफ्नाे सुमधुर स्वर हालेकी थारु गायिका कविता काव्य, माेडल कान्छाराम, प्रेम, अाधा दर्जन जतिमा अाफ्नाे कलमद्वारा समाजलाई सुसूचित गरिरहेका साहित्यकार माेती रत्न, हाँस्यव्यङ्ग्य बिधाका नक्षत्र वीर, र्यापर अब्दुल, टिकटक स्टार विजय, अाधुनिक डान्सर प्रेम मुन्द्रे, भिम, जमुना, रामबेलासी चाैधरी लगायतले अाफ्नाे प्रस्तुति दिनेछन। साथै बाल कलाकारहरु एलिना, रिता, प्रतिमा, स्वेता लगायतकाे प्रस्तुति रहनेछ भनी चाैधरीले बताए। नयाँ प्रविधिसँग अगि बढ्दै नाच देखाउने प्रयन्त रहनेछ भनी सह अायाेजकका अध्यक्ष हरि चरण चाैधरीले बताउनुभयाे। गाउँमा अन्य समयमा काम बिशेषले सबै बाहिर हुन्छन दशैँ तिहारमा मात्र घरतिर अाउँछन त्यसैले सबैमिलि रमाइलाे गर्न र सँस्कृतिकाे संरक्षण गर्न साँस्कृतिक साँझ गर्ने र लाेप हुँदै गएकाे समाजी नाच, सखिया, झुम्रा, नाटक, साेँग, कविता, गजल, मुक्तक वाचन, थारु गित गायन, अाधुनिक डान्स लगाएत नाच हुने हुँदा सबै जना नाच हेरेर, रमाइलाे गर्दैँ समुहिक दशैँ मनाउने प्रयास गरेकाे अायाेजक अध्यक्षले जानकारी गराए। हाम्राे तर्फबाट पनि शुभ दशै र दिपावली । खुशी भएर झुमेर, रमाईलाे गर्दै मनाअाैँ शुभकामना।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ