
धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका ३६१६६ मतगणना भएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी अगाडि छन्।
उन्मुक्तिका चौधरीको १३८५४, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १०१६४, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ६६८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ५८६२ मत छ।
उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन्।
२७४० मत बदर भएका छन्।