
धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्।प्रतिनिधि सभा सदस्यमा उनले सागर ढकाल र कर्णबहादुर मल्लसँग मतान्तर बढाएका हुन्। देउवा दोब्बरभन्दा बढी मतान्तरले अगाडि लागेका छन्। १० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा रहेका हुन्। उनलाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार मल्ललाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन्। उनले २ हजार ४७१ मत पाएका छन्। काँग्रेस वीपीका उम्मेदवार मल्लले १ हजार ५७१ मत पाएका छन्।जिल्लामा प्रतिनिधि सभा सदस्यको ६ सय ५६ मत बदर भएको छ।