IMG_20210301_074008
Advertisements

सन्दिप आचार्य हुन् । उनले केहि समयअघि डेभिडसनको भी८ चोपर किनेका हुन् । इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिपको हुन पुगेको छ । उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् । ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ । जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’

अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यो बाइकको मूल्य अनुमान लगाउदा पनि ३ करोड रुपैयाँ भन्दा माथि नै पर्छ । हामी अनुमान लगाउन सक्छौ, अन्दिप नै यति धेरै महंगो बाइक चढ्ने एक्लो नेपाली होलान् । हार्ले आफैमा एउटा प्रतिष्ठित र महंगो कम्पनी हो । यस्तो कम्पनीको महंगो बाइक चढ्नु आफैमा गजबको शोख हो । हार्ले डेभिडसनको सो बाइक ५७०० सीसीको छ । यसको तौल १००० केजी छ । अन्दिपले ठट्यौली पारामा भनेका छन्, ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ । जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’

अन्दिप बाइकका कति शौखिन हुन् भने यस अघि पनि उनले हार्ले डेभिडसनको बाइक आफैले डिजाइन गरी अमेरिकी कम्पनीलाई बनाउन लगाएका थिए । सो बाइकमा पछाडिको टायर संसारकै सर्बाधिक ठूलो अर्थात ३३० एमएम र १२७ क्युबिक पिस्टनको थियो । सो बाइकको मूल्य ३९ हजार पाउण्ड थियो । अन्दिपले अहिले यही बाइक बेचेर फेरि नयाँ भी८ चोपर किनेका हुन् । रोचक कुरा के छ भने अन्दिप आफैले डिजाइन गरेको र ३९ हजार पाउण्ड मूल्य परेको सो बाइक हाल इंग्ल्यान्डमा यति चर्चित भयो कि ४५ हजार पाउण्डमा हारालुछका साथ यो बाइक बिक्री भयो ।

आफ्नो डिजाइनलाई यसरी धेरैले मन पराएकोमा आफू गौरवान्वित भएको अन्दिप बताउछन् । विगत १७ बर्ष यता अन्दिप हार्ले डेभिडसनको लाइफ मेम्बर छन् । उनकी श्रीमती मुक्ता आचार्य पनि हार्लेको लाइफ मेम्बर छिन् । अन्दिप यो अवस्थामा पुग्नुमा श्रीमतीको समेत महत्वपूर्ण भूमिका भएको बताउछन् । अन्दिपसँग हार्लेका दुई वटा बाइक र एउटा रोयल इन्फिल्ड बुलेट ५०० पनि छ । बुलेट बाइक पनि उनले कस्टमाइजेसन गरी आफ्नै स्टाइलको बनाएका छन् । उनले आफूसँग भएको हार्लेको फ्याट ब्वाई १६०० सीसी भने कहिल्यै नबेच्ने बताउछन् ।

अन्दिप बाइकका शौखिन मात्र होइनन्, समाज सेवामा पनि उत्तिकै जागरुक छन् । नेपालमा २०७२ सालमा गएको भूकम्पको समयमा आफूसँग भएको डुकाटी र हार्ले डेभिडसनको अर्को बाइक राफलमा बेचेर नेपालका भूकम्पपीडितलाई सहयोग गरेका थिए । त्यो समयमा आफूले गरेको ४७ लाखको सो सहयोग सम्झिँदा अहिले पनि आफूलाई गौरवको अनुभूति हुने गरेको उनले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ