Screenshot_20230207-074821_Facebook

धनगढी,२४ माघ ।  कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ । 

सहयाेगकाे अपिल

शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल हमालले उद्घाटन गरे । सो अवसरमा शप सञ्चालक राजेश खतिवडाले कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयपनि उलब्ध रहेको बताए ।  ‘धनगढी कण्डम हाउस र सेक्स टोय शप सुदूरपश्चिम प्रदेशकै पहिलो हो’, उनले भने । 

विज्ञापनकाे लागि खाली

सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय शपमा पाइने सञ्चालक खतिवडाले बताए । उनले १५ लाख रुपैयाँ लागतमा कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा ल्याएको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ