
हसुलिया, २४ माघ । थारु गाउँ बैजपुरमा भुरा खेल सम्पन्न भएकाे छ। माघ पर्व सकिएसँगै बरघर तथा भलमन्सा छनोटको प्रक्रिया सुरु भएको छ । थारू बस्तीमा गाउँभरिका सबै भेला भएर बरघर तथा भलमन्सा छान्न थालेका हुन् । गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने गरिन्छ । उनकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुन्छ ।
‘माघ मनाएपछि बरघर छान्न सुरु भएको छ,’ थारू समुदायका अगुवा प्रविन बाैखही भने, ‘धेरै टोलबस्तीमा माघ पर्वपछि बरघर छानिइसकेका छन् ।’
उनको कैलारी ५,नयाँ बैजपुर टाेलमा चुनावद्वारा बरघर छानिएका छन् । उनको टोलमा १०५ परिवार छन् । बिहानै सबैको चुनावि प्रक्रियाबाट बरघर ओमप्रकाश चाैधरी, अघरिया काली चरण चाैधरी र सचिवमा राम कुमार चाैधरी छानिनु भएकाे हाे ।यसअघि गणेश चाैधरी बरघर थिए । उनका अनुसार माघ सकिएको एक हप्तासम्म थारू बस्तीमा बरघर तथा भलमन्सा छान्ने चटारो हुन्छ । उनका अनुसार एक हप्तासम्म सबै गाउँटोलमा बरघर छनोट गरिसक्छन् ।