Screenshot_20230215-220716_Facebook

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्कृति मन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । भोलि बिहान कूलपतिको सपथ ग्रहण हुनेछ । त्यस्तै, सदस्य सचिवमा डा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा मधुसूदन गिरी, डा कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै डा कृष्णराज सर्वहारी लगायत २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ