Screenshot_20230307-214729_Facebook

हसुलिया, १९ फागुन । कैलालीके कैलारी गाउँपालिका वडा ५ पवेराकाे श्री जनकल्याण माविकाे ५३औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेला शुक्रबारकाे दिन भव्यताकाे साथ सम्पन्न भएकाे छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा विशिष्ट अतिथि कैलारी गाउँपालिकाकाे शिक्षा तथा खेलकुद शाखा प्रमुख गणेशप्रसाद मिश्र रहेका थिए ।

बार्षिकोत्सव समारोहमा विद्यालयले बिभिन्न व्यक्तीहरुलाई सम्मान गरेकाे छ । सम्मानित हुनेमा पूर्व शिक्षक, पूर्व अध्यक्ष, चन्दादाता, बार्षिकोत्सवकाे अवसरमा भएकाे खेलकुद प्रतियोगिताकाे खेलाडी, कार्यरत शिक्षक रहेका छन।

विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष प्रेमबहादुर चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व अध्यक्ष परसराम चौधरी, पूर्व शिक्षक ध्रुव नारायण राउट लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे स्वागत मन्तव्य विद्यालयकाे प्रअ जगन्नाथ चौधरीले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ