चैत ९, पछिल्लो समय थारु भाषाका गीतहरु बन्ने क्रम बढ्दो छ । डिजिटल प्लेटफर्म युट्युव आएसंगै थारु गीत संगीतले प्राथमिकता पाउँदै आइरहेको छ । थारु गीतसंगीतबाटै उदाएकी गायिका अनु चौधरी अहिले नेपाली गीत संगीतमा छाइरहेकी छन् । उनी गायिका अनु र आरेक थारुको स्वरमा रहेको थारु भाषाको गीत ‘उहे दिन..’ सार्वजनिक भएको छ ।
बिहीबार आरकेसी डिजिटल युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा थारु समुदायका चर्चित मोडलहरु नरेश चौधरी, सबिना चौधरी, धनेन्द्र चौधरीको अभिनय रहेको छ । यस गीतमा होटल व्यवसायी ‘होटेल ह्याप्पी होम’का संचालक कृष्ण महतोलाई समेत देख्न सकिन्छ ।
यस गीतको भिडियो पर्यटकीय क्षेत्र सौराहालगायत आसपासका क्षेत्रमा छायाँकन गरिएको हो । भिडियोको निर्देशन सुरजदेव कुसुम्या गरेका छन् भने रामु चौधरीले सम्पादन गरेका छन् । यस गीतलाई समुन लेखेका हुन् भने आरके थारुले नै संगीत भरेका छन् । गणेश चौधरीले एरेन्जका साथै आफ्नो स्वर समेत भरेका छन् ।