Screenshot_2023-03-26-17-18-28-57_a23b203fd3aafc6dcb84e438dda678b6

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूूलवारी स्थित राम मन्दिरमा रामजानकी सप्ताह धार्मिक महा–महोत्सव सञ्चालन भएको छ । शनिवार संघिय सांसद डिल्लीराज पन्तले सो धार्मिक महा–महोत्सव उद्घाटन गरेसँगै सञ्चालन भएको हो । राम नवमीको अवसर पारेर सञ्चालन गरिएको धार्मिक महा–महोत्सव चैत १७ गते सम्म सञ्चालन हुने छ ।

राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा उद्घाटन गरिएको धार्मिक महा–महोत्सवमा धनगढी उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नेपाली कांग्रेसका केन्दिय सदस्य नृपबहादुर वड, सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रमेश धामी, पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री शुुशिला बुढाथोकी ,कविराज श्री १००८ देवराज स्वामी जी महाराज, प्रमुख कथा वाचक प्रमोद पौडेल कार्यक्रमका विशिष्ट अतिथि रहेका थिए । सो धार्मिक महा–महोत्सव उद्घाटन समारोहमा स्वागत मनतब्य यम लामिछानेले गरेका थिए ।

मन्दिरको स्तरोन्नति तथा धार्मिक संस्कारबाट सब्य समाजको निर्माण गर्न सञ्चालन गरिएको धार्मिक महा–महोत्सवमा प्रमुख अतिथि समेत रहेका संघिय सांसद डिल्लीराज पन्तले पुुर्णरुपमा सहयोग गर्ने बचन दिए ।

सो धार्मिक महा–महोत्सवमा चैत १७ गते सम्म हरेक दिन कथा वाचन , वाल संस्कार,भजन कृतन ,आरती, विशेष प्रकारका दानदिने लगायतका धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ