IMG20230531144523

हसुलिया १८ जेष्ठ २०८०, कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं.५ को हसुलिया सुर्मीनाला मा अबस्थित रहेको एनआईसी एसिया लघुवित्त वितिय संस्था लि.शाखा कार्यलय हसुलिया द्वारा सदस्यको मृत्यु वाफत बिमा रकम हस्तान्तरण गरेको छ ।

एन आईसी लघुवित्त वितिय संस्था लि. का शाखा प्रमुख श्री नैन बहादुर बिष्ट र कर्मचारी श्री बालख राम चौधरीले मृतक स्व.ललकी डगौरा को घरमै पुगी (कैलारी गाउपालिका बैजपुर )मृतक को श्रीमान श्री बलिराम डगौरालाई रु.४२२२५/(बयालिस हजार दुई सय पच्चिस) बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो।
एन आईसी लघुवित वितिय संस्था लि. हसुलिया शाखा प्रमुख बिष्टले भन्नू भयो, ” हाम्रो संस्थाको सदस्यको मृत्यु भए पश्चात् अब वहाँले (मृतक)परिवारले बाँकी रहेको रकम तिर्नु पर्दैन सबै ऋण मिनहा भएको छ र बचत पनि फिर्ता हुन्छ । स्व. ललकी डगौराले ऋण लिदा बिमा गर्नु भएको थियो । त्यही बिमा गरे वाफत बिमा रकम चेक हस्तान्तरण गर्न लागेका हौ ।

सो बिमा रकम (चेक)मृतक को घर परिवार र नि. वर्तमान गाउका भलमन्सा श्री गणेश चौधरीको उपस्थितीमा उक्त रकम (चेक)हस्तान्तरण गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ