Advertisements
१६ जेष्ठ २०८०, मंगलवार
हसुलिया । सव डिभिजन वन कार्यालय बसन्ताले जारी गरेको घर टहरा हटाउने सूचनाप्रति कैलारी गाउँपालिकाले ध्यानाकार्षण जनाएको छ ।
यही जेठ १४ गतेको सूचनामा वसन्ता वन क्षेत्र कैलारी गाउँपालिका वडा नम्बर १, ५ र ७ का मंझरा, बैजपुर, मनिकापुर, सपना शिविर, बन्दरगौरी, बसन्ता, छटकपुर बसन्ता, शिवरत्नपुर, तिघरी, मिलनपुर र भुँइयाँफाटा लगायतका बस्तीहरु ७ दिन भित्र खाली गर्ने भन्ने विषयमा गाउँपालिकाले प्रेस विज्ञप्ती मार्फत ध्यानाकार्षण जनाएको हो ।